काठमाडौं, ६ माघ । पार्टी एकतालाई अन्तिम रुप दिने गृहकार्यमा जुटेका एमाले र माओवादी केन्द्रबिच आज शनिबार पनि छलफल हुँदैछ ।
हिजो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको भेटवार्तामा पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमतिअनुसार शनिबार थप छलफल हुन लागेको हो । दुई पार्टीबिचको छलफलमा पार्टी एकतासँगै राष्ट्रियसभाको गठन र प्रदेश सरकारको विषयमा पनि कुरा हुने नेताहरुले बताएका छन् ।