इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । सरकारले प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई घोषणा गरेपछि पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले कडा शब्दमा वक्तव्य जारि गरेकाछन ।
असक्षम देउवा सरकारले गरेको असन्तुलित र अन्यायपूर्ण निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएउदै नेता महाराले उक्त निर्णयको घोर निन्दा तथा भ्रत्सना समेत गरेका छन् ।
उनले बुधवार वेलुका एक वक्तव्य जारी गर्दै प्रशासन पुनरसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय अन्तराष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थ प्रेरित भएको जनाएका छन् ।
‘देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भ्रत्सणा गर्दछु’, वक्तव्यमा भनिएको छ । नेता महराले दाङलाई प्रदेश नं. ५ को अस्थायी मुकाम नतोकेको प्रति लक्षित गर्दै निर्णयबाट प्रधानमन्धत्री देउवाको उत्पीडीत क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदांगीएको समेत वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ–‘ पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षीत, समदुरी र पूर्वाधारसहित प्रयाप्त स्थान भएकाले उचित र सन्तुुलित हुनु पर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु र सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु ।’
वक्तव्यको पूर्णपाठ
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)