इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । सरकारले प्रदेश नम्बर पाँचको अस्थायी मुकाम रुपन्देही तोकेपछि अनिश्चितकालिन दाङ बन्द झन लम्भीने भएको छ । दाङलाई अस्थायी मुकाम नतोकेर रुपन्देहीलाई तोकेर सरकारले ठूलो अन्याय गरेको भन्दै दाङ प्रादेशिक राजधानी सरोकार समितिले आन्दोलनलाई भोलिदेखि झन कडा बनाएर लैजाने जनाएको छ ।
बुधवार वेलुका घोराहीमा वसेको समितिको बैठकले भोलिदेखि राजमार्ग र काठमाडौं केन्द्रीत कार्यक्रमसहित अनिश्चितकालिन बन्दलाई कडा बनाउने निर्णय गरेको छ । बैठकले भोलिदेखि जिल्लाका सरकारी कार्यालय समेत बन्द गर्ने समितिका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।











