इन्द्रेणी संवाददाता
दाङ , ३ माघ । दाङमा ठूलो लगानीमा होटल ‘माला इन’ सञ्चालनमा आएको छ । करीव रु. १५ करोड लगानीमा दाङको घोराहीमा माला इन सञ्चालनमा आएको हो ।

3होटेल राप्तीमै ठूलो लगानी र आधुनिक र सुविधा सम्पन्न होटल माला इन प्रालिले आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । होटलमा व्यवस्थित र सुविधा सम्पन्न ५१ वटा कोठा, चार वटा कार्यक्रम हल, लिफ्टलगायतका व्यवस्था रहेको प्रालिका अध्यक्ष ओविन्द्रबहादुर महराले बताए ।

होटलको औचारिक उद्घाटन भने भोलि विहिबार मात्रै हुने अध्यक्ष महराले जानकारी दिए । होटलमा विभिन्न स्वदेशि तथा विदेशी खाना तथा परिकारको व्यवस्था भएको प्रालिले बताएको छ । अण्डर ग्राउण्डसहित ६ तलाको रहेको उक्त होटलमा रोम चार्ज न्यूनतम दुई हजारदेखि अधिक्तम सात हजारसम्म रहेको छ । होटल करीव ६ कट्टामा निर्माण भएको छ ।