काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कम्युनिष्ट घटकहरुसँग एकताको आधार तयार गर्न वार्ता टोली तयार गरेको छ । सोमबार र मंगलबार राजधानीमा बसेको स्थायी समिति बैठकले वार्ता टोली तयार गरेको हो ।
बैठकले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्र सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको आधार तय गर्न ठोस पहल गर्ने निर्णय समेत गरेको छ ।
तर बैद्यले प्रचण्ड अध्यक्ष रहेको नेकपा माअोवादी केन्द्र र डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्तिसँग एकताको लागि भने कुनै निर्णय गरेको छैनन् । प्रचण्ड नेतृत्वको माअोवादीबाट फुटेर बैद्य, बाबुराम र विप्लवले नयाँ पार्टी निर्माण गरेका थिए ।










