इन्द्रेणी संवाददाता
काठमाण्डौ, ७ असार
अफगानिस्तानमा ज्यान गुमाएका १२ नेपालीको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।Kabul-Attackनेपाल सरकारले हिजो अफगानिस्तानको कावुलमा भएको आत्मघाती बम विस्फोटमा ज्यान गुमाएका १२ जना नेपालीको शव ल्याउन जहाज पठाउने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री कमल थापाका सल्लाहकार मोहन श्रेष्ठका अनुसार जहाज पठाउने निर्णय भएपनि कुन र कति बेला पठाउने भन्ने बारे टुंगो लागेको छैन । अफगानिस्तानमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन त्यहाँको सरकारसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बम विस्फोटमा मारिएकाहरुको शव स्वदेश ल्याउन तथा घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारले हिजो नै पाकिस्तानमा रहेका कार्यवाहक राजदूतलाई निर्देशन दिएको थियो ।।