इन्द्रेणी संवाददाता
कपिलवस्तु, ७ असार
काठमाण्डौवाट दाङका लागी छुटेको वस कपिलवस्तुमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन । राप्ती अञ्चल सार्वजनिक यातायात समितिको ना ५ ख ६३७१ नम्वरको वस र लु १ ख ६१८९ नम्वरको ट्रिप्पर चन्द्रौटाको खरेन्द्रपुर मोडमा ठोक्किदा १२ जना घाईते भएका हुन ।
काठमान्डौंवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको वस दुर्घटनामा घाईते मध्ये अधिकांस दाङका मात्रै ७ जना रहेका छन् ।
दुर्घटनामा परेका मध्ये दाङका चार जना र रोल्पाका तीन जना यात्रुको अवस्था गम्भिर रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाईतेमध्य दाङ सतवरिया २ की ३१ बर्षीया कल्पना बुढा मगर, गोवरडिया २ की २१ बर्षीया दयावती यादव, गढुवा ६ निवासी २६ बर्षीय खरखुरी चौधरी, सिसहनीया ६ निवासी २६ वर्षीय राजेन्द्र मल्लको अवस्था गम्भिर छ ।
यसैगरी रोल्पा जङकोट ६ निवासी ३४ बर्षीय भिमबहादुर छन्त्याल, लिवाङ नगरपालिका ४ निवासी ३२ बर्षीय राजकुमार घर्ती मगर र रोल्पा भोलावाङ निवासी ५० बर्षीय अम्मरको अवस्था पनि गम्भिर रहेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका मध्ये रोल्पाका ५० बर्षीय अम्मर रोका र ट्रिप्परका चालक कपिलबस्तु शिवनगर नगरपालिका १० निवासी ३९ वर्षीय रामभगत चौधरीको अवस्था सबैभन्दा बढी चिन्ता जनक रहेको छ ।
त्यस्तै सामान्य घाइतेहरुमा दाङ लुहारपानी ६ का ३३ बर्षीय झुमल बुढा मगर, लालमटीया ९ निवासी ६५ वर्षीया कमला कँवर र उनका १७ वर्षीय छोरा अर्जुन कँवर रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक राजकुमार सिवालले वताउनुभयो ।।