इन्द्रेणी संवाददाता
दाङ, ७ असार
दाङमा छुटट्टाछुटै घटनामा २ जनाको मृत्यु भएको छ । घोराही नगरपालिका ८ रातामाटाका १६ बर्षिय अर्जुन सुनारको मृत अवस्थामा शव फेला परेको छ ।feature

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबारदेखि हराएका चौधरीको घोराही ८ स्थित मनकामना महिला सामुदायिक बनमा शव फेला परेको हो ।
दाङका प्रहरी प्रबक्ता डिएसपी प्रकाशराज शर्माले मृत फेला परेका सुनारको हत्या भएको आशंकामा प्रहरीले ३ जनालाइ नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

प्रहरकिो नियन्त्रणमा रहेका तिन जनालाइ अनुसन्धान थालिएको डिएसपी शर्माले वताउनुभयो । यसैबिच, घरको छतबाट खसेर दाङमा आज १ जनाको ज्यान गएको छ ।

सिसनिया १ घर भई  मिस्त्री कामको लागि घोराही आएका २० बर्षिय रिसमान चौधरीको घरको छतबाट  खसेर ज्यान गएको हो । घोराही ११ भरतपुर स्थित घरको छतमा सुतेको अवस्थामा छतबाट खसेको हुन सक्ने दाङका प्रहरी प्वक्ता शर्माले वताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।।