इन्द्रेणी संवाददाता
दाङ, १३ पुस । उपप्रधानमन्त्री तथा नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले सम्बन्धित निकायका व्यक्तिहरुलाई दाङको टरिगाउँ विमानस्थलको हवाइ उडानलाई नियमित गर्न आग्रह गरेका छन् ।

maharaनेता महराले बुधवार पर्यटनमन्त्री र आज विहीबार बिहान नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसँग भेट गरी दाङको टरिगाउँ विमानस्थलमा नियमित उडान शुरु गर्न आग्रह गरेका हुन् ।

नेता महराले भेटघाट पछि दुई महिनाभित्र नेपाल वायु सेवाको सानो जहाज चीनबाट खरिद भएर आउदै गरेकाले दाङ तुलसीपुरमा नियमित जहाज उडान शुरु गर्ने प्रतिबद्धता ब्यक्त गरे ।