इन्द्रेणी संवाददाता
दाङ, १३ पुस । नेपाल प्रहरीको प्रदेश नम्बर ५ को कार्यालय तुलसीपुरले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले ट्राफिक व्यवस्थापनका लागि सबै मातहतका निकायहरुलाई निर्देशन दिइसकेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
विज्ञप्तिमा पुस १ गतेसम्म २ हजार ८ सय ४९ टेक्ट्ररहरुमा रिफ्लेक्टर स्टिगर राखिएको र ३ सय ६ वटा ट्रेक्टरमा नम्बर प्लेट राख्न लगाइएको उल्लेख छ । समयमा दुर्घटना न्यूनिकरण गर्न सके यसबाट हुने मानविय तथा घनजनको क्षतिबाट जोगिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।










