दाङ , १५ मङसिर । मुलुक प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत हुने दोस्रो चरणको निर्वाचनेको संघारमा छ । दलहरुले जीतका लागि मत माग्न आफनो अन्तिम कसरत गरिरहेका छन् । यसैबिच दाङमा पनि निर्वाचनको माहोल गर्माएको छ । दल तथा उम्मेदवार मतदाताको घर आँगनमै पुगेर भोट मागिरहेका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको दाङ स्वाभाविक रुपमा सबैको चासो भएको जिल्लाका रुपमा रहेको छ । खासगरी ‘ हेविवेट ’ मानिने नेताहरुको उम्मेदवारी यहीँ बाट भएका कारण पनि जीत कस्को पोल्टामा पर्ने भन्ने सर्वत्र चासोको विषय छ ।

24232048_859906477504492_4280043767062186144_n

र यसै चासोका बिच दाङ क्षेत्र नम्बर १ पनि चर्चामा रहेको छ । त्यसको मुख्य कारण हो — नेपाली काँग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काको प्रभाव क्षेत्रका रुपमा यो निर्वाचन क्षेत्र रहेको छ । अर्कोतर्फ यो क्षेत्र चर्चामा रहनुको कारण खड्काको प्रभाव क्षेत्रका रुपमा लिईने यो क्षेत्रमा उनैलाई पराजीत गरेको माओबादी नेता इन्द्रजित थारु पनि पुनः यही क्षेत्रबाट निर्वाचनमा लड्दै छन् । दाङ क्षेत्र नम्बर १ (१)को प्रदेशसभा तर्फ थारुले उम्मेदवारी दिएका छन् ।उनका प्रतिस्पर्धीका रुपमा काँग्रेस उम्मेदवार प्रदीप थापा छन् ।

24281756_1691546314210340_1689512675_o

इन्द्रजितको जीतका आधार
निर्वाचन संग सम्बद्ध तथ्य हरुलाई केलाइयो भने थारुले आफनो जीतलाई दोह¥याउने सम्भावना बलियो हुँदै गएको छ । यसको प्रमुख कारण हो बामगठबन्धन । स्थानीय तह निर्वाचनको परिणाम लाई केलाइयो भने उम्मेदवार थारु प्रतिस्पर्धी उम्मेदवार थापा भन्दा झण्डै दोब्बर मतले अगाडी छन् । स्थानीय तहको निर्वाचन अनुसार सो क्षेत्रमा थारुका पक्षमा १६ हजार ४ सय ४२ मत रहेको छ भने प्रदिप थापाको पक्षमा ८ हजार ७ सय ६४ मत रहेको छ । यहाँ काँग्रेस र गठबन्धन बिच ७ हजार ६ सय ७८ मतको अन्तर रहेको छ । यसरी स्थानीय तह निर्वाचनको अंकगणीत अनुसार थारु थापा भन्दा निक्कै अगाडी देखिन्छन् ।

24203598_1692759937422311_285185849_n

यस्तै सो क्षेत्र मानव बसोबासको दृष्किोणले बहुमत जनसंख्या थारु समुदायको छ । यसर्थ पनि सामुदायीक ‘सेन्टीमेन्ट ’ आधारमा पनि इन्द्रजीतलाई बढी भन्दा बढी मत आउने सम्भावना देखिन्छ । यद्यपी यो सामुदायिक सेन्टीमेन्ट मात्र नभएर जिल्लामा किसान तथा थारु आन्दोलनका पक्षमा उनले विगतमा गरेको संघर्षस्वरुप मतदाताले ‘आफना’ नेतालाई मत खसाउने सम्भावना देखिन्छ ।

24204940_1691544977543807_1281470085_n

यस्तै उम्मेदवार थारु १६ , १७ वर्षको उमेरदेखि नै राजैतिक संघर्षमा होमिएका व्यक्ति हुन । थापा भने शिक्षक जीवन बाट रिटायर्ड भएर बुढयौली उमेरमा प्रत्यक्ष राजनीतिमा होमिएका छन् । राजनैतिक उतारचढाव बाट थापा भन्दा इन्द्रजित नै परिचित र परिपक्व भएका कारण पनि मतदाताले उनलाई रुचाउने सम्भावना देखिन्छ ।
मतदाताले मुख्य गरी आफनो नेता रोज्ने कामका लागि हो । काम गर्नका लागि नेता संग भिजन र अनुभव दुबै अत्यावश्यक हुन्छ । यस हिसाबले हेर्दा पनि थापा भन्दा उम्मेदवार थारुको पल्ला नै भारी देखिन्छ । जनयुद्धकाल भरी थारु माओबादीको नेतृत्वदायी भुमिका थिए । यस्तै शान्तिप्रक्रियापछि पनि उनी अन्तरिम व्यवस्थापिका विधायक भए भने २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य जिते । सभासद छँदा हाल निर्वाचन हुन थालेको मुलुकको साँगठनिक संरचना निर्माण गर्ने समितिका रुपमा रहेको राज्य पुर्नसंरचना समितिमा रहेर काम गरेको हुनाले पनि प्रदेशसभामा उनले काम गर्न सक्छन् भन्ने आधारमा मतदाता उनी प्रति स्वाभाविक रुपमा आकर्षित हुनेछन् ।

24208788_1691544980877140_1099496643_oर अन्तिममा मतदाले हेर्ने भनेको भविष्य नै हो । राजनीतिमा कसले कति संघर्ष ,त्याग गर्यो भन्ने आधारमा मतदाता भविष्यमा कसले कति संघर्ष र त्याग गर्न सक्छ भन्ने आँकलन गर्न सक्छन् । राजनीतिमा लामो समय बिताएका कारण थापा भन्दा इन्द्रजितले नै भावि दिनमा राजनीतिमा लामो समय बिताउने र काम गर्ने विश्वास मतदाताहरु हुनु स्वाभाविक देखिन्छ । यस्तै थारुले मुलुकका ठुलो ठुलो जिम्मेवारी सम्हाल्दा पनि पदको दुरुपयोग नगरेको चर्चा जताकतै सुनिन्छ । उनले जति गर्न सके इमानका साथ गरे भन्ने कुरा पार्टी भित्र र बाहिर पनि सुनिन्छ । यिनै तथ्यहरुको आधारमा पनि दाङ क्षेत्र नम्बर १(१) मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका इन्द्रजित थारmको जित घोषणा गर्न मात्र बाँकी रहेको अनुमान हामी सजिलै लगाउन सक्छौं ।