केशरमान बुढाथोकी
दाङ ८ मङ्सिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार हरुलाई भोट हाल्न र अत्याधिक बहुमतले बिजयी बनाउन आम मतदाताहरुलाई अनुरोध गर्दै राष्ट्रिय कलाकार कमल गाउँले मतदाताहरुको घर घरमा पुगेका छन् ।

दाङ जस्तो सुन्दर उपत्यकालाई हराभरा , स्वच्छ . शान्त र सम्वृद्ध बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा दख्खल राख्न सक्ने राष्ट्रिय नेताहरुलाई बिजयी बनाउन अनुरोध गर्दै कलाकार गाउँलेले मतदाता हरुलाई भने हामीलाई दाङमा अब बिकाश र निकाश चाइएको हो , त्यसैले भोट हाल्दा सभामा गएर टेवल ठोक्ने उम्मेदवार हरुलाई जिताए हामी बिकाशमा निकै पछी पर्छौं । त्यसैले केन्द्र र प्रदेश हल्लाउने नेता वामगठबन्धनमा मात्र भएकाले केन्द्रको नेतृत्व गर्न माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा र प्रदेशको नेतृत्व गर्न एमालेका प्रभावशाली नेता शंकर पोख्रेल लाई मतदान गर्नु नै आम दंगालीको हित हुने छ ।
blob:https://www.youtube.com/44a57520-30ea-439f-81bb-bb700234ff92
माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्ण बहादुर महराले आफु मन्त्री भएदेखि दाङ तथा समग्र राष्ट्रको हितका लागि उल्लेखनिय काम गरेको कुरा स्मरण गर्दै महरा पहिलो पटक सुचना तथा संचार मन्त्री हुँदा सबैको हातहातमा मोबाइल र घरघरमा इन्टरनेटको दुरदर्शी तथा लोकप्रिय नारा लिएर आम जनसमुदाय माझ लोकप्रिय बनेको कुरा बताउदैं दाङमा उनले गरेका सडक बिस्तार देखि लिएर स्वास्थ्य बिज्ञान प्रतिष्ठान सम्मका बिकाश निर्माणका कामले गर्दा महरा आम मतदाताहरुको मनमस्तिस्क बसेकाले उनलाई जिताउन सबै लागिपर्नुपर्ने बताए ।










