काठमाडौँ ८ मङ्सिर । धर्मको नाममा यौनदुराचार गर्ने धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली दुम्जा घर भइ काठमाडौँ बसी धर्मको नाममा यौन धन्दा चलाउने ५५ वर्षीय लामाऔतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन् ।

balatkari-pakrauधर्म कर्मको बखान गर्दै महिलाहरु लाई यौन दुर्व्याबहार गरेको तथ्य फेला परेपछि उनलाई प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दक्षिण्कालीबाट पक्राउ गरेको हो ।

लामाले बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती करणी गर्नुका साथै करणीको प्रयासहरु गरेको प्रहरीको भनाई छ । उनले युवतीहरुसँग यौनसम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ । लामाले अश्लिल फोटो/भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका लागि राखिएको छ ।