रोल्पा, ८ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नेकपा एमालेको एक कार्यकर्तालाई अपहरणपछि २४ घण्टापछि छोडेका छन् । रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव नवीन खड्कालाई बिहीबार साँझ सुकीदह गाउँपालिका–३, डाँडाखुटीबाट अपहरण गरी शुक्रवार विहान मात्रै अपहरण मुक्त गरेका हुन् ।
उनीसँगै माओवादी केन्द्रका कार्यकर्ता विष्णु खड्कालाई पनि नेकपाका कार्यकर्ताले अपहरण प्रयास गरेका थिए । तर, उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेपछि अपहरण गर्न नसकेका हुन् ।
संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति, रोल्पाका संयोजक गोकुल घर्तीले शुक्रबार विहान प्रेस वक्तव्य जारी गरेर नवीन खड्कालाई अपहरण गरेको र विष्णु खड्कालाई अपहरण प्रयास गरेको जनाएका छन् । नवीन खड्का शुक्रबार विहान अपहरणमुक्त भई सम्पर्कमा आएको जनाउँदै अपहरण घटनाको निन्दा गरेका छन् ।
संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति रोल्पाको
प्रेस वक्तव्य
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क. नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता क. विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ । प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं. ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले क. नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्दछ । आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आतुर आममतदातालाई त्रसित बनाउने, अपहरण गर्ने घटना नदोहो¥याउन गठबन्धन चेतावनी दिन्छ । यसैगरी निर्वाचन प्रचार प्रसारको क्रममा मंसिर ७ गते थबाङ गाउँपालिकाको थबाङमा वाम गठबन्धनको प्रचार प्रसार टोलीमाथि नेकपाका कार्यकर्ताले ग्रिनेट आक्रमण गरेको, सुकीदह गाउँपालिकाको जिनाबाङ र पाखापानीमा बम विस्फोट र भरुवा बन्दुक पड्काएको, उम्मेदवारहरुलाई लक्षित गरी गरिएका विद्युतीय धराप विस्फोट, बम, पेस्तोल आक्रमण, ढुंगा प्रहारजस्ता सबैखाले अपराधिक घटनाहरुको संयुक्त वाम गठबन्धन घोर भ्रत्र्सना गर्दछ । उम्मेदवारहरुको ज्यानमार्ने उद्देश्यसहित गरिएका अपराधिक आक्रमणमा संलग्नहरुलाई कानुनी कारबाही गर्न माग गर्दै गठबन्धन निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षको गठबन्धन गम्भीर ध्यानाकर्षण गराउँदछ ।
८ मंसिर २०७४
गोकुल घर्तीमगर
संयोजक
संयुक्त वाम गठबन्धन, निर्वाचन परिचालन समिति, रोल्पा