इन्द्रेणी संवाददाता
रोल्पा, ४ मंसिर । रोल्पामा प्रहरीले बम बनाउन प्रयोग गरिने ४३ थान सकेट वरामत गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेटहरु वरामत गरिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको छ।
मंसिर ३ गते दिउँसो सुवर्णावती गाउँपालिका(६ क्वालीगाउँबाट पक्राउ परेका सुनछहरी गाउँपालिका ६ का हिमलाल पुन, सुवर्णावती गाउँपालिका ५ का मिनराम विष्ट र खड्कबहादुर केसी, रोल्पा नगरपालिका १० धबाङका बिरबहादुर केसी र धनबहादुर थापा ‘विश्लेषण’ को साथबाट सात थान ग्रिनेट फेला परेको प्रहरीले जनाएको छ।
शनिबार राती छापामार्दा पक्राउ परेका विश्लेषणको घरबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारिएको प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताएका छन् ।