तुलसीपुर, ४ मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले भाषण गरेर मात्रै बिकास सम्भब नहुँने बताएका छन् । सोमबार तुलसीपुरमा भएका बिभिन्न सभालाई सम्बोधन गर्दै अपारले ठुला ठुला भाषण गरेर देश बन्ने भए अहिले देशमा सम्बृद्ध भईसक्ने बताएका छन् ।
अहिले चुनाबको समयमा दिईएका आस्वासनले मात्रै यहाँको बिकास सम्भब नहुँने उनको भनाई छ । अहिले बिभिन्न राजनीतिक दलहरुले आफुले गर्न सक्ने भन्दा बढी काम गर्ने भनी जनतालाई आस्वासन दिने गरेको भन्दै आस्वासनका पछि नलाग्न मतदातालाई आग्रह पनि गरेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका उनले अहिले आस्वासन दिएर जनतालाई भोट बैंकका रुपमा प्रयोग गर्ने र जितिसकेपछि बिकासको सिन्को पनि नभाँच्ने प्रबृति बढेको भन्दै त्यसता कुराका पछाडि नलाग्न आग्रह पनि गरेका छन् ।
बिकास र सम्बृद्धि बनाउनका लागि एजेण्डा र भिजन हुनुपर्ने बताएका छन् । बिकास र सम्बृद्धिका लागि एजेण्डा संगै स्थायी सरकार निर्माण हुन आबश्यक रहेको उनको भनाई छ । तुलसीपुर उपमहानगरपालिका ८ बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै अपारले अहिले स्थायी सरकार निर्माणका लागि बामगठबन्धन गरिएको समेत उनले बताए ।
साथै बामगठबन्धन क्षेत्र नं. ३ ले दाङलाई राजधानी बनाउने मुख्य एजेण्डा अघि सारेको बताएका छन् । उनले ५ वर्षभित्रमा पश्चिम दा∙लाई विकासको उचाईमा पु¥याउने गरी एजेण्डा अघि सारेको बताए । उज्यालो दा∙ निर्माणका लागि विद्युत उत्पादन गर्नेदेखि मोनोरेल चलाउने र समग्र ३ नं. क्षेत्रलाई घेर्ने गरि चक्रपथ निर्माण गर्ने कुरालाई जोड दिएको उनको भनाई छ ।
यहाँका सडक सञ्जाल कालोपत्रे, यहाँका सम्पुर्ण नदी तथा खोलाहरुमा पक्की पुल निर्माण गर्ने र सडक सञ्जालीकरण गर्नुका साथै तुलसीपुरमा आधुनीक सभागृह निर्माणका साथै हरेक गाउँपालिकामा सुचनाको पहुँच पु¥याउनका लागि इन्टरनेट सञ्जालले जोड्ने लगायतका एजेण्डा अघि सारेको बताएका छन् । साथै खेलाडीका लागि आधुनिक र∙शाला निर्माणसँगै हरेक गाउँ एक खेल मैदानलाई पनि घोषणापत्रले जोड दिएको छ ।
उनका अनुसार हरेक खेतमा सिचाइ सुविधा पु¥याउनका लागि वृहत सिचाइ योजनाको सुरुवात गर्नुका साथै गुहारखोला, पातुुखोला, वहुलाखोला, च्याठी खोलामा हाइड्याम बनाएर जल भण्डार र बहुुउद्देश्यीय परियोजना सञ्चालन गर्ने कुरालाई पनि घोषणापत्रले जोड दिए । खानेपानीका श्रोत पहिचान गरेर हरेक घरमा धारा उपलब्ध गराउनुका साथै पानीको मुहान संरक्षण र भुजलाधार संरक्षण गर्ने कुरा उल्लेख गरिएको उनले बताए ।
उनका अनुसार प्राविधिक शिक्षालयको स्थापनामा जोड दिनुका साथै शिक्षाको केन्द्रका रुपमा ३ नम्वर क्षेत्रलाई विकास गर्ने लक्ष्य दिइएको छ । उपमहानगरपालिका र गाउँपालिकामा आधुनिक विशेषज्ञ सहितको अस्पताल सञ्चालन गर्ने कुरालाई जोड दिएको उनको भनाई रहेको उनको भनाई छ । औद्योगिक सम्भावनाको खोजि गर्दै युवाहरुलाई रोजगार प्रदान गर्नका लागि यस क्षेत्रलाई उद्योग ग्रामका रुपमा विकास गर्न जोड दिइने कुरामा पनि जोड दिए ।










