देउखुरी (दाङ), ४ मंसिर ।  गढवाको मुक्त कमैया शिविरमा बाम गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रजीत चौधरीलाई अविरावरण गरी स्वागत गरिएको छ । गरिब थारुको छोरा उम्मेदवार भएको भन्दै मुक्त कमैयाहरुले शिविरमा चुनावको परिणाम आइसकेपछि जस्तो गरेर अवीर र माला लगाएर स्वागत गरेका थिए । गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का मुक्त कमैयाहरुले चौधरीको स्वागत गरेका हुन् ।

23622242_853610874800719_5379902151208844977_nसो क्रममा बोल्दै उहाँले भूमि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देशमा धेरै परिवर्तन भए पनि केन्द्र सरकारले भूमि समस्या समाधान गर्न नसकेको भन्दै उहाँले दाङ, बाँके बर्दियालगायतका जिल्लामा देखिएको भूमिहीनको समस्या समाधान गर्न प्रदेशसभाबाट प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरे ।
यसैबीच क्षेत्र नम्बर १ को प्रचार टोलीले सोमवार विभिन्न स्थानमा कार्यक्रम गरेको छ । गढवा २ मा वडा कार्यालय उद्घाटन गर्दै क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणि चौधरीले राप्ती नदीमा तटबन्ध र ¥याफ्टिङलगायतका जोड दिएका थिए । त्यस्तै उहाँले देउखुरीको गरीबी हटाउने बाम गठबन्धनको मुख्य जोड भएको बताए ।
त्यस्तै टोलीले वढवा ४ र ५ मा कार्यक्रम गरेको छ भने वडा नम्बर ४ को संयुक्त चुनावी सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ ।