इन्द्रेणी संवाददाता
काठमाडौ ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डका एक्ला पुत्र प्रकाशको निर्भीक अस्पतालमा उपचारको क्रममा भएको दु:खद निधन सुने लगतै चुनावी अभियानमा झापा पुगेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौ फर्किएका छन ।
।
काठमाडौ फर्के लगतै आफ्नो निजी निवास लाजिम्पाट पुगेर प्रकाशको मृत्युको कारण बारे परिवार श्रोत संग संक्षिप्त जानकारी लिदै प्रचण्ड सिदै नर्भिक अस्पताल पुगेका थिए । परिवारका केही सदस्यहरुको साथमा नर्भिक पुगेका प्रचण्डले आफ्नो पुत्र प्रकाश दहालको पार्थिव शरीर देखेपछि भक्कानियका थिए ।












