इन्द्रेणी संवाददाता
काठमाडौं, ३ मंसिर । हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।

parkasha१ वजेपछि मात्रै पेरिसडाँडामा शव राखिने बताइएको छ । अहिले प्रकशको शव नर्भिक अस्पतालमै रहेको छ भने त्यहाँ आफ्नो छोराको निधनबारे वुझना प्रचण्ड र श्रीमती सीता दाहाल पुगिसकेका छन् ।
निजी निवास लाजिमपाटमा विहान ५ बजे एक्कासी अचेत भएका उपचारका लागि नर्भिक अस्पतालमा ल्याइएको थियो । अस्पतालले अहिले भरखरै मात्र पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा ल्याइपु¥याउन प्रकाशको निधन भइसकेको जनाएको छ ।

२०३८ सालमा चिवनको शिवनगरमा जन्मिएका प्रकाश २०५४ सालदेखि माओवादीमा सक्रिय साजनीति लागेका थिए । उनले बुबा प्रचण्ड प्रधानमन्त्री भएका वेला स्वकीय सचिव भएर सचिवालयको काम समेत गरेका थिए भने पछिल्लो समयमा प्रचण्ड उम्मेदवार भएको चितवन ३ मा उनी चुनावी प्रचार प्रसारमा जुटेका थिए ।

दुई दिन अघि मात्रै स्वास्थ्यको समस्या देखाउदै प्रकश काठमाडौं फिर्किएका थिए । यसरी प्रचण्डका सहयोगीको रुपमा रहेका प्रकाशको निधनले प्रचण्डको परिवारमा ठूलो पीडा भएको छ । उनको पीडालाई सान्तोना दिनका लागि नर्भिकमा नेकपा एमाले, काग्रेसलगायतका नेताहरु पुगेका छन् । भने सम्वेदन प्रकट गर्न राष्ट्रिपनि विद्यादेवी भण्डारी र उपराष्ट्रिपनि नन्दकिशोर पुन लाजिमपाटमा पुगेका थिए ।

निधन भएका प्रकाशको आज नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने परिवार स्रोतले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीपछि ४ वजेपछि अन्तेष्टि गरिने बताइएको छ ।