दाङ, ३ मंसिर । नेकपा एमालेका नेता शंकर पोखरेलले जेष्ठ नागरिक सरोकार केन्द्रलाई प्रदेश स्तरको सुविधा सम्पन्न बृद्धा आश्रमका रुपमा विकास गर्ने बताए ।
घोराही उपमहानगरपालिका वडा नम्वर १६ को तेरौटेमा रहेको बृद्ध आश्रम, जेष्ठ नागरिक सरोकार केन्द्रमा बुद्धको मूर्ति स्थापनाका लागि मूर्ति हस्तारण कार्यक्रममा सो कुरा बताए । नेता पोखरेलले आफूले नेतृत्व गर्ने पाँच नम्वर प्रदेशको बृद्ध आश्रमको संरक्षण गर्न विशेष प्याकेज ल्याउने उद्घोषणा गरे ।
‘यो बृद्ध आश्रमलाई सुविध सम्पन्न बृद्ध आश्रमका रुपमा विकास गर्नु जरुरी छ । बृद्ध आश्रम जेष्ठ नागरिकलाई आश्रम दिने मात्र नभई जुन सुकै उमेर समुहका व्यक्ति दिनभर यहाँ आएर मनोरञ्जन लिन सक्ने मनोरम स्थलका रुपमा विकास गर्न सकिन्छ । त्यस तर्फ मेरो ध्यान जानेछ’ उनले भने ।











