दाङ, ३ मंसिर २ । त्रिभुवननगर जेसीज घोराहीले आयोजना गरेको एनआईसी एसिया मिनि म्याराथुन प्रतियोगिताको उपाधी पुरुष तर्फको उपाधी सल्यानका दिपक बोहराले हात पारेका छन् । त्यस्तै महिला तर्फको उपाधी सल्यानकी निमा ओलीले जितेकी छिन् ।
गत वर्षदेखि त्रिभुवन नगर जेसीज घोराहीले आयोजना गर्दै आएको म्याराथुन एनआईसी एसिया मिनि म्याराथुन प्रतियोगिता १७ किलोमिटर लम्बाईको रहेको थियो । पुरुष तर्फका विजेता १ सय ९१ नम्बरका बोहरा सल्यान जिल्ला लुहामका २० वर्षिय हुन् ।
पुरुष तर्फ द्धितिय पुरस्कार हात पार्ने २२ पञ्चबहादुर ओली रोल्पाको भावाङका हुन् । यस्तै १७ किलोमिटर दौडमा तृतिय स्थान अमरबहादुर खत्रीले प्राप्त गरेका छन । गत वर्ष आयोना गरीएको मिति म्याराथुन प्रतियोगितामा खत्रीले पहिलो पुरस्कार हात पारेको जेसिजका खेल संयोजक यज्ञबहादुर खड्काले जानकारी दिए ।
यस्तै महिला तर्फको पुरस्कार पनि जिल्ला बाहिर नै गरेको छ । १ सय ९७ नम्बरकी १८ बर्षिय निमा ओलीले विजेता बनिन । महिला तर्फको द्धितिय पुरस्कार भने अनिशा चौधरीले हात पारिन भने तृतिय पुरस्कार मिना क्षेत्रीको पोल्टामा प¥यो ।
यस्तै बालबालिकाहरुको लागि आयोजना गरीएको ५ किलोमिटरको एनआईसी एसिया मिनि म्याराथुन प्रतियोगिताको उपाधी पुरुषतर्फ क्षितिज चौधरीले हात पारेका छन । द्धितिय पुरस्कार बादल श्रेष्ठ र तृतिय पुरस्कार रुपेश केसीले हात पारे । ५ किलोमिटरकै लम्बाईको मिनि म्याराथुनको महिला तर्फको पुरस्कार चन्द्रकुमारी घर्तिले हात पारिन भने द्धितिय पुरस्कार शर्मिला घर्ति र तृतिय सदिक्षा घर्तिले जितेको खेल संयोजक खडकाले बताए ।
त्रिभुवननगर जेसिज वर्ष २०१७ का अध्यक्ष दिपक शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहको विशिष्ठ आतिथ्यतामा प्रतिगियोगीता उद्घाटन गरीएको हो ।