इन्द्रेणी संवाददाता
काठमाडौं, ३ मंसिर । नेकपा एमालेले माओवादी अध्यक्ष ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको असामयिक निधनबाट नेकपा एमालेले देशभरी चुनावी प्रसारप्रचार कार्यक्रम स्थगित गरेको छ । प्रकाशको निधनले पार्टीस्तब्ध भएको भन्दै आज आइतबार एक घण्टा देशभरका चुनावी कार्यक्रम स्थगित गरेको हो ।
यसैगरी प्रचण्डले उम्मेदवारी दिएको चितवन क्षेत्र नं. ३ मा पनि चुनावी कार्यक्रम स्थगित भएको छ । वाम गठबन्धनले मंसिर ५ गतेसम्म कुनै पनि चु्नावी कार्यक्रम नगर्ने जनाएको छ । सो क्षेत्रमा नेपाली काग्रेसले समेत चुनावी कार्यक्रम स्थगित गरेको जनाएको छ ।
विहान हृदयघातका कारण मृत्यु भएको प्रकाशको आजै पशुपति आर्यघाटनमा अन्तेष्टि गरिनछ । अहिले श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालय पेरिसडाँडामा राखिएको छ । भने त्यहाँ माओवादीलगायत अन्य दलका नेताहरु पुगि प्रकाशको पार्थीक शरिरमा श्रद्धाञ्जली दिइरहेका छन् । अन्तेष्टि ४ बजेपछि गरिने बताइएको छ ।
