राजेन्द्र न्यौपाने
गोरखा,३० कार्तिक । पूर्व प्रधानमन्त्री एवं डा।बाबुराम भट्टराईका सुरक्षा सल्लाहारका बोधराज अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पालुंटारमा माओवादीको छैटौ विस्तारीत बैठक हुँदा देशैभरीबाट आएका नेता तथा कार्यकर्ताहरुलाई सहयोग समेत गरेको पूर्व सुरक्षाकर्मी अधिकारी आज पालुंटारमा आयोजित सभामा प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

बाबुरामसँग रहँदा आफूले चिनेको कोही मानिसहरु पनि नभेट्दा नरमाईलो लागेको उनले बताए । देश विकासको गतिमा अघि बढ्न लाग्दा एउटा व्यक्तिको पछि लागेर नहुने भएकाले आफू बाम गठबन्धनमा फर्किएको उनले रातोपाटीलाई बताए ।











