केशरमान बुढाथोकी
दाङ २५ कार्तिक । दाङको बंगलाचुली बासीले माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा संघर्ष र बिकासका प्रतिमुर्ति भएको बताएका छन् ।

जिल्लाको चुरे पहाडमा अबस्थित बंगलाचुली गाउँपालिकाको मुर्कुटीमा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्न पुगेका मन्त्री महरालाई स्थानिय बासी गोविन्द नेपाली ( ७३ ) ले बिगत सम्झदै भने – झन्डै आधा सेता फुलेका लामालामा दाह्री पालेका गहुगोरो होचोकदका मानिस तिनै हुनरे माओवादीका ठुलै नेता कृष्ण बहादुर महरा, मलाइ पनि उनलाई हेर्नमन लाग्यो संयोग एकदिन खानाखान उनै महरा मेरो झुपडीमा आए , कम बोल्ने प्रसन्न मुद्रामा देखेने नेता महरा मरो झुपडीमा खानाखान आउँदा साथमा थिए उस्तै गहुँगोरो बर्णका भर्खरै जुँगाका रेखी बसेका ओठ निचोर्दा दुध झर्ला जस्ता कोशोर ।

साँझ पाखाको खाना खाएर खै उनीहरु कता गए मलाइ थाह भएन । भोलीपल्ट मैले गाउँकै स्थानिय माओवादी लाई सोधे महरा संग आएका ती किशोर को हुन् त बाबु ? उनि त रहेछन महराका छोरा निर्मल महरा । अनि मलाइ लाग्यो यति राम्रा बाबुछोरा किन यस्तो अप्ठ्यारो काममा लागेका होलान । महरा मेरो घरबाट निस्कदै गर्दा एक शव्द भनेका थिए तपाइँ हामी जस्ता गरिबका लागि हामीले संघर्ष गरेको नआत्तिनु बुवा एक दिन तपाइँ हाम्रो सुनौलो दिन आँउछ ।

त्यस्तै मुर्कुटिकै ६३ बर्षिया आइती बिष्टले भनिन मैले त त्यतिबेला महरा लाई देखेन तर अरुले भनेको सुने महरा त्यतिबेलाका ठुलै नेता हुन् रे । मलाई पनि भेट्न निकै मन थियो तर भेट भएन । अहिले देखे यी यस्ता सालिन नेताले कसरी त्यो युद्ध गरेहोला ? भेटेको भए महरालाई के भन्ने बिचार थियो आमा भन्ने प्रश्नमा बिष्टले भनिन अब यो लडाइ नगर भन्ने बिचार थियो तर लाडाइ हाम्रै लागि रहेछ बल्ल पो थाहा भयो ।

युद्धताका निकै दुर पहाड मानिने मुर्कुटीले अहिले मुहार फेरेकोछ । तिनै महराले गाउँमा टेलिफोन सेवाका लागि ठुलै पहल गरे गाउँमा अहिले संचार सुबिधा छ स्वास्थ्यमा स्वास्थ्यकर्मीको कोटा थप्नको लागि ठुलै पहल गरे र थपे महरा पुत्र निर्मल महरा एटमको बिशेष पहलमा गाउँमा अहिले एम्बुलेन्स पनि आएको छ । कसैले अस्पताल पुग्न नसकेर अकालमा ज्यान गुमाउनु पर्दैन । ठाउँ ठाउँमा खानेपानीका धारा छन् ।
हिंजोको अनकन्टार जंगल र खैरेनी पाखाहरुमा आज नाकबेली आकारका सडक संजाल पुगेकाछन । सडकमा महराले करोडौं रकम बिनियोजन गरेर स्तरउन्नती भइ कालोपत्रेको काम अगाडी बढिरहेको छ । निकट भविष्यमै त्यो सडक कालोपत्रे हुन्छ महरा त्यहि सडकबाट चुनावी सभाका लागि मुर्कुटी जाँदै गर्दा भने बाटोमा गाडि रोक्न लगाएर खैरेनी पाखोलाई सिकाउदै भने – ‘ उ त्यहि पाखा हो हामी दिनभर लुकेर योजना बनाउने अनि राती पर्यो भने त्यहाँबाट जनताको घरमा आँउथियौ ।’

जाँदै गर्दा महराले तत्कालिन दाङ जिल्लाको पार्टी हेटक्वाटर मुलाबारीलाई पनि स्मरण गरे अनि घोराही ब्यारेक आक्रमण गर्नु अघि आफुले मुर्कुटीको डाँडामा २ हजार जना आफ्ना लडाकुलाई २ दिन सम्म प्रशिक्षण दिएर पठाएको कुरा सम्झदै महराले अब यो ठाउँका लागि म अझैं दुर्ततर गतिमा बिकास र परिवर्तन गर्छु ।
प्राकृतिक सुन्दरताको धनि यो ठाउँमा अब नमुना होमस्टेको लागि राज्यस्तर बाटै ठुलै बजेटको ब्यबस्था गरेर नमुना गाउँ बनाउने मेरो योजना छ । यहाँ थारु संस्कृतीको होमस्टे मगर संस्कृतीको होमस्टे तथा अन्य जातजातीको पहिचान झल्किने होमस्टे राखी आन्तरिक तथा बाहय पर्यटकको सुन्दर गन्तव्य बनाउने मेरो योजना छ ।

जताततैबाट यो डाँडा लाई सडक संजालले छोएपछि सहरको नजिकैको यो सुन्दर गाउँमा जनयुद्ध संग्राहलय बनाउने पनि मेरो योजना छ । त्यसैले यो ठाउँको विकासले मलाई नै पर्खेको छ । न आत्तिनुस अब मैले यो ठाउँलाई सहरको उकुसमुकुस बाट मुक्ती पाउन रिफ्रेसका लागि घुम्न आउने मिनी भेडेटार बनाउछु ।

हिजोको भन्दा नगन्य मात्रामा बिकास भएको यो ठाउँले आज मुहार फेरेको छ झनै यी विकासप्रेमी नेता महराको यी यस्ता सम्भावित विकासे योजनाले अझैं बिकास पर्खिरहेको छ ,अझैं संवृद्धि पर्खिरहेछ । अनि कार्यक्रम सम्पन्न पछि सबै जनताले एकै स्वरमा भने भोट तिमीलाई दिन्छौं महरा शंकर तिमीले अझैं बिकास देउ ।











