घोराही, २४ कार्तिक । घोराही उपमहानगरपालिकाले थालेको जेष्ठ नागरिकको घरमै उपचार अभियान जारी छ । यसैक्रममा उपमहानगरको वडा नम्बर १४ ले शुक्रबार जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गरेको छ ।

विज्ञ डाक्टर सहित स्वाथ्यकर्मी, उपमहानगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्य सहितको टोलीले वडा नम्बर १४ भित्रमा रहेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच, उपचार र निशुल्क औषधी वितरण गरेको हो ।

aaजनप्रतिनिधीहरु डाक्टरलाई लिएर ओछ्यानमै पुगेर स्वास्थ्य अबस्था बुझ्दा,उपचार गर्दा जेष्ठ नागरिकहरु निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका १४ गणेशटोलका १ सय ७ बर्षिय हरिप्रसाद श्रेष्ठ र उहाँकी श्रीमति ९० बर्षिया सुन्दरी श्रेष्ठको स्वास्थ्य जाँच गरेर वडा नम्बर १४ ले घरमै जेष्ठ नागरिकको निशुल्क उपचार सुरु गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीले आफुहरुले चुनावी अभियानमा भनेको र निति तथा कार्यक्रमबाट पारित गरेको कुराहरुलाई कार्यान्वयन गर्न जेष्ठ नागरिकहरुको घरमै स्वास्थ्य जाँच र उपचारका लागि आएको बताउनुभयो ।

आगामी दिनमा पनि निरन्तर जेष्ठ नागरिकहरुको घरमै निशुल्क उपचार गर्ने गरि आफुहरु अघि बढ्ने समेत जानकारी दिनुभयो । ओछ्यानमै डाक्टर रविन चन्द, मेयर नरुलाल चौधरी, उपमेयर सीता न्यौपाने, वडा अध्यक्ष शक्तिराम डाँगी, सदस्य गुलाम रसुल लगाएतका व्यक्तिहरु पुग्दा जेष्ठ नागरिकहरुले निकै खुसी हुदै धन्याबाद दिएका छन् ।

उपचारमा राप्ती उपक्षेत्रिय अस्पतालका डा. रविन चन्द, घोराही उपमहानगर स्वास्थ्य शाखाका प्रमुख नारयणप्रसाद घर्ती, कुमार डाँगी सहितको टोलीले ८० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरी निशुल्क औषधी दिनुभएको छ ।