तुलसीपुर,कात्तिक २१ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका वैठकले भुमिहिन सुकुम्वासीलाई जग्गा दिने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । पहिलो चरणमा सवैको लगत लिने र त्यसलाई आवश्यकता अनुसार स्थानान्तरण गर्ने या सोही ठाउँमा राख्ने भन्ने वारेमा निर्णय गरिने नगरप्रमुख घनश्याम पाण्डेले वताउनुभयो । उहाँले वास्तविक सुकुम्वासी र भुमिहिनले जग्गा पाउन सकुन भन्ने वारेमा उपमहानगरले विशेष कार्ययोजना समेत वनाउने वताउनु भयो । त्यसै गरि उपमहानगरपालिकाले संयुक्त राष्ट्रसंघले तोकेको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि स्थानीय कार्ययोजना वनाउन विज्ञ सहितको कार्यदल गठन गर्ने भएको छ । उपमेयर माया आचार्यको संयोजकत्वमा गठन भएको कार्यदलमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा कार्यालय प्रमुख भाष्कर गौतम सदस्य सचिव र डा. रेणुराज भण्डारी, नहकुल केसी, डा. चिरन्जीवि रेग्मी, कोमल वली, जोगराज गिरी,शोभाकर सापकोटा, सुरेन्द्र जिसी, भागवत पौडेल,विजय जिएम, गोविन्द शाह लगायतका २५ सदस्यिय समिति वनाइएको छ ।

यसैगरि कार्यपालिकाको वैठकले विधायन समितिका संयोजक देवराज विश्वकर्माको संयोजकत्वमा सहकारी नीति निर्माणका उप समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा विभिन्न सहकारी क्षेत्रमा व्यक्तिहरुलाई राख्ने निर्णय गरिएको छ ।

नगरप्रमुख पाण्डेको अध्यक्षतामा वसेको वैठकले तुलसीपुर उपमहानगरपालिका १९ को छिल्लीकोटमा केबुलकारको सम्भाव्यता अध्ययन गर्ने निर्णय समेत गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभएको छ । प्रवक्ता डाँगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर ९ र ६ मा पर्ने खोलाको किनारलाई व्यवस्थित गरेर तुलसीपुर अटोभिलेज निर्माण गरिने निर्णय गरिएको छ । अटो भिलेज निर्माणसँगै लामो समयदेखि उठ्दै आएको अटो भिलेज व्यवस्थापनको माग पुरा हुने प्रमुख पाण्डेले वताउनु भयो ।

यसैगरि तारजाली, ह्युमपाईप, विद्युत पोल, तार र ट्रान्सफरमर खरिद ऐन वमोजिम खरिद गरेर आवश्यकता अनुसार विभिन्न ठाउँमा उपलब्ध गराउने निर्णय गरेको छ । वैठकले तुलसीपुरमा रहेको राप्ती शान्ती उद्यानमा पर्यटन प्रवद्र्धनका लागि रु १ लाख ५० हजार दिने निर्णय समेत गरेको छ । कार्यपालिकाको वैठकले उपमहानगरपालिका भित्रका सम्पुर्ण खोलाहरुमा वातावरण प्रभाव मुल्यांकन गर्ने र जिल्ला समन्वय समितिले उठाउदै आएको गिट्टी वालुवाको रकम यो आर्थिक वर्षको अहिले सम्मको जिसससंग फिर्ता माग्ने र आगामी दिनमा उपमहानगरपालिका आफैले लिने निर्णय गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकसीत गर्नका लागि योजना तर्जुमा र कार्यक्रम निर्माण गर्न न्यु आइटि भेन्चर को अपरेसनसँग सम्झौता गर्ने समेत निर्णय गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले वताउनु भएको छ ।