दाङ २२ कार्तिक । जिल्लाको घोराहीमा आज एमाले र माओवादी केन्द्रले संयुक्त प्रशिक्षण गर्ने भएका छन् । वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ ले आज बुधवार घोराहीमा हुने संयुक्त कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन सबैमा अनुरोध गरेको छ । समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’ र सहसंयोजक देवराज विश्वकर्माले विज्ञप्ति जारी गरी यस्तो अनुरोध गर्नुभएको हो ।

mahara-pokhrel

विहान ११ बजे घोराहीको गणेश चित्रालयमा वडा समितिभन्दा माथिका सम्पूर्ण नेता कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरिएको छ । प्रशिक्षण भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार उम्मेदवार शंकर पोख्रेलले सम्वोधन गर्ने विज्ञप्तिमा जनाइएको छ ।