तुलसीपुर, कात्तिक १४ । तुलसीपुर उपमहानगरले सुरुवात गरेको हाम्रा तुलसीपुर राम्रो तुलसीपुर सरसफाई अभियानको ६४ औ श्रृखलाका क्रममा तुलसीपुर उपमहानगरपालिका ७ मा रहेका राप्ती शान्ती उद्यानमा सरसफाई गरिएको छ ।

222

सरसफाई कार्यक्रमको सुरुवात गर्दै आयोजक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सरसफाईलाई हरेक वडामा सञ्चालन गरिने वताउनु भएको छ । उहाँले तुलसीपुरको गरीमाका रुपमा रहेको राप्ती शान्ती उद्यानलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरले पहलकदमी लिने समेत वताउनु भयो ।

वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसीको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा अपार, नयाँ शक्तिका हरि रिजाल,जनमोर्चाका भरत भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपवहादुर डाँगी लगायतले सरसफाईको महत्व र आवश्यकताका वारेमा चर्चा गरका थिए । तुलसीपुरमा रहेका हाम्रो पहुँच सेकेन्डरी स्कुलले नेतृत्व गरेको सरसफाई अभियानको सञ्चालन कार्यपालिका सदस्य दिपक कुमालले गरेका थिए ।