घोराही, १९ कार्तिक । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट प्रदेशसभामा उम्मेदवारी दिएका इश्वरीप्रसाद शर्माले काँग्रेस उम्मेदवारलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

feature0आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि शर्माले दाङ क्षेत्र नम्बर २ (क ) मा राप्रपा प्रजातान्त्रिकको तर्फबाट दिएको आफनो उम्मेदवारी फिर्ता लिएको भन्दै काँग्रेसका उम्मेदवार कमलकिशोर घिमिरेलाई सहयोग गर्ने गरी आफुले उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै शर्माले काग्रेस नै देशको जितले मात्र देशको आर्थिक समृद्धि हुने भएकाले आफुले काँग्रेस उम्मेदवार घिमिरेलाई समर्थन रहेको भन्दै उक्त क्षेत्रका मतदातालाई काग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले लोकतान्त्रिक शक्तिलाई बिजयी गराउन सहयोग गर्ने राप्रपा प्रजातान्त्रीकका उम्मेदवार ईश्वरीप्रसाद शर्मालाई धन्यावाद दिएका थिए । साथै घिमिरेलाई देशको आर्थिक समृद्धि कांग्रेस्बाट मात्र सम्भव हुने भन्दै कम्युनिष्टहरुको एकताले प्राप्त उपलव्धी नै गम्ने खतरा रहेको बताएका छन । कम्युनिष्टहरुको मिलन सम्पुर्ण नेपाली जनताहरुको लागि आश्चर्य भएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको बिजय अपरिहार्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि दाङ क्षेत्र नम्वर २ प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले नेपालको समृद्धि र प्रगतिका लोकतान्तिक शक्तिको जीत आवश्यक रहेको बताए । कम्युनिष्टहरु मिठा कुरा गरेर जनतालाई भ्रममा पार्ने मात्र काम गर्ने गरेको भन्दै निवर्तमान सांसद समेत रहेका खनालले काग्रेसले मात्र नेपालको जीतले मात्र देशको आर्थिक समृद्धि सम्भव भएको बताए ।

काग्रेसको पहलमा जिल्लामा सडक, स्वास्थ्य, कृषि सिचाई लगायतका क्षेत्रमा विकास भएपनि त्यसको जस लिनकालागि कम्युनिष्ट पार्टीहरु होडबाजीमा लागेको बताए । यस विषयमा सचेत रहन जिल्लाबासीहरुलाई उनले अनुरोध पनि गरेका छन् ।