काठमाडौं, १९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अनुसन्धान शुरु गरेको छ । अख्तियारले अर्याललाई १३ पन्ने फारम समेत भराएको छ ।

opnedraयसअघिको अनुसन्धानको क्रममा अर्यालले अकुत सम्पत्ति कमाएको र स्रोत नदेखिएकाले अनुसन्धान सुरु गरिएको हो । अर्यालले आइजिपीबाट गएको फागुन २ गते अवकाश पाएका थिए ।