इन्द्रेणी संवाददाता
दाङ, १९ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले गठवन्धनका तर्फवाट वागि उमेद्वारहरुले उमेद्वारी फिर्ता लिएकोले वाम गठवन्धन अझै मजवुत भएको बताएकाछन् । वागि उमेद्वारहरुले आईतवार उमेद्वारी फिर्ता लिएपछि नेता महराले यस्तो वताएकाहुन् । नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेका केही नेताहरुले टिकट वितरणमा चित्त नवुझेको भन्दै वागि उमेद्वारी दर्ता गराएका थिए । वाम शक्तिहरुको गठवन्धनले अहिले जनतामा उत्साह थपिएको बताउदै नेता महराले जनताको आशालाई मर्न नदिने बताएकाछन् ।
हाम्रो पार्टी नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेका तर्फवाट वागि दिएका नेताहरुले पनि अव सहकार्य गर्दैहुनुहुन्छ, यसवाट वाम एकता झनै मजवुत भएको उनले बताए । नेकपा माओवादी पोलिटव्यूरो सदस्य कुवेर ओली र नेकपा एमालेकी नेतृ कोमल ओलीले स्वतन्त्रबाट दिएको उम्मेदवारी फिर्ता लिएकाछन् । उमेद्वारी फिर्ता लिदै दुवै नेताले वाम गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिवद्धता समेत व्यक्त गरेकाछन् । दुवै वली थरका नेताले आफ्नो लगानी पार्टिमा भएको र पार्टिको निर्देशनलाई पालना गर्दै उमेद्वारी फिर्ता लिएको जनाएकाछन् ।
प्रदेश सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ ‘क’मा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य कुवेर ओलीले स्थानीय स्तरमा योगदान गरेका नेतालाई छनौट नगरेकोमा चित्त दुखेको प्रतिकृया दिए । उमेद्वारको छनौट गर्दा हचुवाको भरमा टिकट वितरण गर्ने पार्टीको शैलीप्रति फरक मत कायम राख्दै हाललाई बाम गठबन्धनलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएको बताए । दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभाका उमेद्वार तथा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य कृष्णबहादुर महराको विशेष पहलमा वलीले उमेद्वारी फिर्ता लिएकाहुन् । नेता महराले टिकट वितरणमा रहेका असन्तुष्टिलाई निर्वाचन लगत्तै बसेर हल गर्ने आश्वासन दिएकाले वलीले उमेद्वारी फिर्ता लिएकाहुन् । वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ ‘क’मा माओवादीले जगप्रसाद शर्मालाई उम्मेदवार बनाएको थियो । शर्मा जिल्लामा परिचित नेता नभएकाले उम्मेदवार आफू हुनुपर्ने ओलीको दावी थियो । कुवेर वली कम्युनिष्ट आन्दोलनकै नेता भएकोले उहाँको विचारलाई सम्मान गर्दै वलीको लगानीको उच्च मुल्याङ्कनहुने प्रतिकृया दिएका छन् ।
त्यस्तै राप्रपाबाट एमालेमा प्रवेश गरेकी नेतृ कोमल ओलीले प्रत्यक्ष र समानुपातिक कुनै पनि निर्वाचनमा नाम नपरेपछि बागी उम्मेदवारी दिएकी थिईन् । उनले प्रतिनिधिसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी थिईन् । आईतवार घोराहीमा पत्रकार सम्मेलन गरी उनले एमाले उमेद्वार हिराचन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिईन् । पार्टीले प्रत्यक्ष तथा समानुपातिक सूचीमा नाम नराख्दा मन दुखे पनि पार्टी र वाम गठबन्धनको हितका लागि उम्मेद्वारी फिर्ता लिएको धारणा राखेकी थिईन् । उनलाई पनि नेकपा एमालेका नेता शंकर पोख्रेले उमेद्वारी फिर्ता लिन आग्रह गरेका थिए । पोख्रेलकै विशेष अनुरोधलाई मनन गर्दै नेतृ वलीले उमेद्वारी फिर्ता लिएको नेकपा एमाले दाङले जनाएको छ ।
यसैगरी प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ३ ‘ख’ बाट उम्मेदवारी दिएका माओवादी नेता गेदलाल भण्डारीले पनि आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । उनले पनि बाम गठबन्धनका उम्मेदवारलाई सघाउने गरी फिर्ता लिएको बताए । माओवादी नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेलको निरन्तर प्रयासपछि बागी उम्मेदवार फिर्ता लिन सहमत भएका हुन् । अव दाङमा बाम गठवन्धनका लागि वागि उमेद्वार नरहेकोले गठवन्धन अझ मजवुद भएको नेताहरुले प्रतिकृया दिएकाछन् ।