तुलसीपुर कात्तिक १८ । तुलसीपुर उपमहानगरपालिकालाई उज्यालो नगरका रुपमा विकास गर्नका लागि सम्भाव्यता अध्ययन भएको छ । उपमहानगरपालिकाले दिगो ग्रुपको सहकार्यमा सम्भाव्यता अध्ययन गरेको हो । ग्रुपका प्राविधिकहरु शिवराम अधिकारी र भरत सापकोटाले तुलसीपुर उपमहानगरपालिकाका ८ वटा सार्वजनिक ठाउँमा सम्भाव्यता अध्ययन गरेको वताउनु भयो । उहाँले महेन्द्र मावि,अमर मावि, कोठरी डाँडा, विजौरी, वेलझुण्डी, दुधरास , भ्युडहर सुनपुर, नवदुर्गा सामुदायिक वन, राधा कृष्ण मन्दिर लगायतका ठाउँको सम्भाव्यता अध्ययन गरेको वताउनु भयो ।

सौर्य उर्जाबाट विद्युत उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गरिएका ठाउँमध्ये तत्काल उपयुक्त ठाउँको छनोट गरेर काम अगाडि वढाइने नगर प्रमुख घनश्याम पाण्डेले वताउनु भयो । उहाँले सार्वजनिक जग्गामा सम्भाव्यता अध्ययन भएपनि आवश्यकता अनुसार निजी जग्गा पनि भाँडामा लिएर काम गर्न सकिने वताउनु भयो । प्राविधिक दृष्टिले हुस्सु नलाग्ने,भिरालो ठाउँ र वरपर खालि रहेको ठाउँमा उपयुक्त हुने भएकाले त्यस्तो ठाउँमा निर्माण गरिने पनि उहाँले वताउनु भयो ।