SAMSUNG CSC

सन्तोष अधिकारी  
दाङ, १८ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले अबको चुनाब पछि देश आर्थिक संबृद्धीको बाटोमा अघि बढ्ने बताएका छन् । गोरखा बचत तथा ऋण सहकारी संस्था घोराहीको छैठौँ बार्षिक साधारणसभा एवं तेस्रो अधिबेशनको शनिबार उद्घाटन गर्दै उप प्रधानमन्त्री महराले अब राजनीतिक अस्थिरताको अन्त्य हुन लागेको बताए ।

SAMSUNG CSC

२० वर्ष लामो समय राजनीतिक अस्थिरताका कारण देश पछिपरेको बताउदै मन्त्री महराले अब चुनाव पछि आर्थिक संबृद्धिको मार्गमा देश अघि बढ्ने बताएकाछन् । अबको निर्वाचन पछि स्थिर सरकार बन्ने र उक्त सरकारले सहकारी सहितको आर्थिक संबृद्धिको मुद्धालाई प्रमुख बनाउने उनले बताए । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका मन्त्री महराले सहकारी अभियान आवश्यकता र अनिवार्यता भएको धारणा राखे । सहकारीमा पारदर्शिता र ईमान्दारीता मुख्य अस्त्र भएकोले त्यसलाई जोगाईराख्न सहकारी कर्मिहरुमा उनले आग्रह गरे । देशलाई आर्थिक संवृद्धि तर्फ लैजानुमा सहकारीहरुको मुख्य भुमिका रहनेभएकोले पनि सहकारी प्रतिको विश्वासलाई नतोड्न उनले सुझाव दिए । प्रादेशिक राजधानी दाङ वन्ने वित्तिकै यो क्षेत्र पश्चिम नेपालकै केन्द्र वन्ने मन्त्री महराको भनाई छ ।

SAMSUNG CSC

 

नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य समेत रहेका नेता महराले शहकारीहरुलाई उत्पादनमुखी व्यवसायमा लगानी गर्न सहकारीहरुलाई सुझाव दिएकाछन् । अहिले नेपाल पुरै परनिर्भरता तर्फ गैरहेका बेला सहकारीले यसतर्फ सोच्ने हो भने लगानि समेत नडुव्ने महराले बताए । देश संबृद्ध बन्नका लागि गाउँ संबृद्ध बन्नु पर्ने र गाउँ संबृद्ध बन्न सहकारीको आवश्यक रहेको उनको भनाई छ । महराले सहकारीहरुलाई स्थानिय उत्पादनशिल क्षेत्रमा लगानीमा केन्द्रीत गर्न सुझाब समेत दिए ।

SAMSUNG CSC

छैठौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्म आइपुग्दा गोरखा बचत तथा ऋण सहकारी सस्थाले उत्पादन मुलक क्षेत्रमा वढि लगानी गरेको जनाएको छ । अल्लोको धागोवाट वन्ने विभिन्न किसीमका सामाग्री उत्पादन गर्ने उद्योगमा गरेको लगानी अहिले सम्मको उत्कृष्ट रहेको सहकारीले जनाएको छ । संस्थाले बितेको आर्थिक बर्षमा २७ लाख ५६ हजार ५ सय ८८ रुपैयाँ २२ पैसा खुद नाफागर्न सफल भएको साधारणसभामा जानकारी दिईएको छ । १२ सय २२ जना सेयरधनी रहेको संस्थामा ६ सय २४ महिला र ५ सय ९८ जना पुरुष सदस्य रहेकाछन् । संस्थाको सेयर पूँजी एक करोड ९४ लाख ९० हजार ४ सय रहेको छ ।

SAMSUNG CSC
SAMSUNG CSC

त्यसैगरी ४ करोड ७७ लाख ६१ हजार ८ सय ३२ रुपैयाँ ३७ पैसा निक्षेप संकलन बाँकी रहेको साधारणसाभामा जानकारी दिईएको छ । संस्थाले ६ करोड ४९ लाख ३३ हजार रुपैयाँ ऋणलगानी भएको र ६ करोड ६८ लाख १९ हजार ५ सय ६८ रुपैयाँ असुल गर्न बाँकी रहेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तिलक प्रसाद पुन, असल ऋणि गंगी बाठा, बाल बचत कल्पना बुढा, नारी बचत तर्फ नविनकुमारी पुन र दैनिक बचत गर्ने यामबहादुर रोकालाई सम्मान एवं पुरस्कृत गरिएको छ ।