चितवन १८ कार्तिक पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, केन्द्रीय सदस्य टिकाराम लामासहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

111111

शनिबार माडीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष तिमिल्सिना सहित सिङ्गो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको हो । राप्रपा प्रजातान्त्रिकको जिल्ला समितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराए ।

तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुन् । सत्य र निर्भिक स्वाभावका तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेद्वार थिए ।

तिमिल्सिनाले स्थानीय तहको निर्वाचनमा ८०८१ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसको समर्थनमा चितवन क्षेत्र ३ का उम्मेद्वार बिक्रम पाण्डेका बलिया खम्बा मानिएका तिमिल्सिना र लामासहितको पार्टी प्रवेशले प्रचण्डलाई सहज भएको बताइएको छ । पार्टी प्रवेश गर्दै नेता तिमिल्सिनाले चितवनबाट प्रचण्डलाई जिताएर चितवनको विकास र देशको निकासका लागि माओवादी केन्द्रमा आएको बताए । रातोपाटीबाट