इन्द्रेणी संवाददाता
दाङ, १८ कार्तिक । २०७० सालको दोस्रो चरणको संविधानसभाको चुनावमा महराले रोल्पाबाट जिते । अनि माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो ।

krishna-mahara_MCe90aMNQfसरकार बनेकै केही समयमा माओवादी केन्द्रले एमालेलाई सरकार बनाउन दिएको सहमति फिर्ता लियो र एमालेको सरकार ढल्यो । अनि नेपाली काग्रेस र माओवादी केन्द्रको सहमतिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो ।

यसैवेला नेता कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी समाल्ने मौका पाए । उनी रोल्पाली जनताको अमुल्य मतबाट प्रतिनिधि सभाको सदस्य भएर गए भने सुवेच्छुक दंगालीहरुको पनि प्रतिनिधित्व गरे ।

नेता महराले आफू अर्थमन्त्री भएको वेला अर्थात आर्थिक वर्ष २०७३÷७४ मा दाङको सडक निर्माणमा बजेट ह्वातै बृद्धि गरिदिए । उनले आर्थिक वर्ष २०७२÷७३ विनियोजन गरेको ७७ करोड ७७ लाख ९७ हजार बजेटबाट बृद्धि गरेर एकैपटक १ अर्ब ८९ करोड ९४ हजार पु¥याइदिए ।

23226839_1608993225830677_1856238133_n

कहाँ कहाँ छुट्याए महराले बजेट ?

1

2

3

11

12