दाङ, १७ कार्तिक । महिला नेतृहरुलाई खुसी पार्न होला राजनीतिक दलहरुले महिला समान्ता र समावेसीका कुरा धेरै गरेको देखिन्छ । तर उनीहरुको व्यवहारमा समावेसी र समान्ता लागु गरेको खासै देखिदैन ।

15037132_118230655325749_4171350972911368151_nअहिले पनि दाङका प्रतिनिधिसभाका तीन निर्वाचन केन्द्र र प्रदेशसभा निर्वाचनका लागि ५ निर्वाचन क्षेत्रमा एउटा महिला उम्मेदवार मात्रै परेकी छन् । काग्रेसले मात्रै क्षेत्र नं. सुशीला चौधरीलाई प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी छन् ।

उनी यसअघि २०७० सालमा भएको दोस्रो चरणको संविधानसभाबाट सभासदको रुपमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन् । मोवादी एमाले गठबन्धनले प्रत्यक्षतर्फ कुनै महिलाई उम्मेदवारी उठाएका छैनन् ।