इन्द्रेणी संवाददाता
काठमाडौ, १ असार
राष्ट्रिय मानव अधिकार आयोगले संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा आगजनी र तोडफोड गर्नेलाई कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।ncell-towerआयोगले पीडित पक्षलाई क्षतिपूर्ति प्रदान गर्न पनि भनेको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति निकालेर एनसेल टावरहरुमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

विप्लव माओवादीका कार्यकर्ताहरुले देशका बिभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमा क्षति पु¥याएको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।

यसबाट स्वतन्त्रपूर्वक एक अर्कासँग सञ्चार सम्पर्क गर्न पाउने अधिकारबाट नागरिकहरु बन्चित भएका छन् । नेपालको संविधानको धारा (१९) ३ मा सञ्चारको हकमा कानून बमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख छ ।

घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।।