इन्द्रेणी संवाददाता
नारायणपुर, १ असार
त्रिपुर नगरपालिकाको सौडीकुलादेखी–सिस्वानी–ठाटीगाँउ हुदै हापुर जोड्ने सडक अन्तरगत त्रिपुर ३ उत्तर अम्राईको गुटिकुलामा कल्भर्ट निर्माण गरिएको छ । त्रिपुर नगरपालिका र चन्दादाताहरुबाट संकलन भएको रकमले कल्भर्ट निर्माण गरिएको हो । Kalvat1
कल्भर्ट निर्माणको विषयमा आज सार्वजनिक सुनुवाई गरेर खर्च सार्वजनिक गरिएको छ ।

कार्यक्रममा आयव्यय सार्वजनिक गर्दै स्थानीय द्धारिकाप्रसाद घिमीरेले त्रिपुर नगरपालिकाको ९७ हजार र चन्दादाता एवं

स्थानीयबासीहरुबाट संकलित ४५ हजार ९ सय ७० गरि कुल १ लाख ४२ हजार ९ सय ७० रुपैयामा कल्भर्ट निर्माण गरिएको जानकारी दिनुभयो । Kalvat 2
साथै उहाँले स्थानीयले कल्भर्ट निर्माणमा श्रमदान गरेको पनि जानकारी दिनुभयो ।

वडा नागरिक मञ्चका संयोजक मंगल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दल, वुद्धिजीवि, व्यापारी, पत्रकार लगाएतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण शिक्षक हुकुमबहादुर बस्नेतले गर्नुभएको थियो ।।