दाङ, १२ कार्तिक । दाङमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ग १ ख ६२४८ नम्बरको ट्रक आज विहान तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा दुर्घटना हुँदा चालक सहित ट्रकमा सवार चारै जना घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रक रुखमा ठोक्किएर नालामा पल्टीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र अर्यालले जानकारी दिए । दुर्घटनामा परी घाइते हुनेमा चालक सर्लाही कालिन्चोक नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीया सन्तोष खड्का, सोही ठाउँ बस्ने बर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार तनहु खैरिटार नगरपालिका वडा नम्बर २ बस्ने बर्ष १९ को सुरज विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
