धादिङ, १० कार्तिक । धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

accdentआज बिहान धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेको बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने दुबैजना पुरुष भएको तर नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।