झापा, १० कार्तिक । बालक हत्याको विरोधमा झापाको विर्तामोडमा निकालिएको र्यालीमाथि प्रहरीले गोली चलाएको छ । वालकका आफन्त तथा स्थानीयहरुले शान्तिपूर्ण रुपमा निकालेको ¥यालीमासिथ दमन गर्दै प्रहरीले दर्जनौ राउण्ड गोली चलाएको हो ।
यहाँस्थित शनिश्चरे रोडबाट निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले नै एकाएक रोकेको थियो । प्रहरीको अवरोधलाई छिचोलेर र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै गोली चलाएको थियो । आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।