तुलसीपुर, २४ असार । दाङमा मानसिक स्वास्थ्यको अवस्था सुधारिदै गएको तुलसीपुरमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् ।

bbbb२५ औ विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा वोल्ने वक्ताहरुले मानसिक स्वास्थ्यका कारण व्यक्तिसँगै परिवार र समाजले धेरै क्षति वेहोर्नुपरेको भन्दै उनीहरुले निको हुने रोग पालेर वस्ने परिपाटीको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिका उपमेयर माया आचार्यको प्रमुख आतिथ्य र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोखेलको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि आचार्यले मानसिक समस्याको समाधान गर्नका लागि उपमहानगरले विशेष कार्यक्रम ल्याउने वताएका थिए । उनले मानसिक रोग लागेर कोही मान्छेले पनि जीवन वर्वाद गर्न नपरोस् भन्नका लागि आफु कटिवद्ध रहेको पनि वताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, तुलसीपुर उपमहानगरपालिका र यातना पिडित सरोकार केन्द्र सिभिक्टले संयुक्तरुपमा आयोजना गरेको एकदिने अन्तक्र्रिया कार्यक्रममा बोल्दै सिभिक्टका कार्यकारी अधिकृत फणीन्द्र अधिकारीले मानसिक स्वास्थ्यका विरामीहरु खुलेर नआउने भएकाले उपचारमा समस्या हुने गरेको वताएका थिए ।