बाँके, २४ असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकी खोलामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।
दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगाना खुल्न सकेको छैन । दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिट दाङतिर पर्छ ।
