दाङ, २२ असोज । दाङको राप्ती नदीको वगरमा ग्याँस निस्कीएपछि खानी तथा भुगर्भ विभागको टोलीले स्थलगत अवलोकन गरेको छ । विभागका उपमहानिर्देशक सुधिर रजौरेको टोलीले शनिवार ग्याँस निस्कीएको स्थलमा पुगेर अवलोकन गरेका हुन् ।

photo gass Dangग्याँस निस्कीएको क्षेत्रको स्थलगत अवलोकन गरेपटि उपमहानिर्देशक रजौरेले राप्ती नदीको वगरमा जमिन मुनीवाट ग्याँस निस्कीएको सत्य भएको र यसको विस्तृत अध्ययनवाट कुन ग्याँस हो भनेर भन्न सकिने बताए । यसको विस्तृत अध्ययन पछि मात्रै यो पेट्रोलियम ग्याँस अथवा मिथेन ग्यास एकीन हुने उनले जानकारी दिए ।

उनका अनुसार अध्ययनका लागि खानी तथा भुगर्भ विभागवाट मंसीरमा टोली पठाउने समेत जानकारी दिए । ‘ग्याँस देखिएको छ तर त्यो कुन प्रकारको ग्याँस हो त्यसको एकीन गर्न हामी अध्ययन टोली पठाउछौं’, उनले भने, ‘अध्ययन पछि मात्रै कस्तो र कुन ग्याँस हो एकीन हुन्छ ।’

दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ७, झारबैरा, लमही नगरपालिका वडा नं. ५ कोलही र लमही–६ लंगडीको बीच भागमा राप्तीको वगरमा ग्याँस जस्तै गरी बल्ने ग्याँस रहेको असोज ७ गते मात्रै विभिन्न सञ्चारमाध्यमबाट वाहिर आएको थियो ।