काठमाडौं, २२ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले(माओवादी पार्टी एकताको प्रस्ताव आफ्नो भएको बताएका छन् । पार्टी एकताको प्रस्ताव एमालेको र उसले तयार पारेको मस्यौदामा माओवादीले ‘जस्ताको तस्तै’ सहमति जनाएको नभई यसपटक एमालेसँग एकताको प्रस्ताव आफैंले राखेको दाहालले खुलाए ।

inddविकसित राजनीतिक घटनाक्रममा पोलिटब्युरो सदस्यलाई राजनीतिक प्रशिक्षण दिँदै दाहालले एकले अर्को कम्युनिस्ट पार्टीलाई निल्न नसक्ने अवस्था आएपछि राजनीतिमा एउटा तरंग दिन आफूले त्यस्तो प्रस्ताव राखेको बताए ।एमालेसँग पार्टी एकतासम्मको सहमति गर्दा पार्टीभित्र संस्थागत निर्णय नभएको र आफूहरू अन्योलमा परेको नेताहरूको गुनासो बढेपछि दाहालले पार्टी पोलिटब्युरो सदस्यसम्मलाई शनिबार काठमाडौंमा बोलाई प्रशिक्षण दिएका हुन् ।

‘एमालेसँग चुनावमा ६०र४० मा तालमेलको कुरा भइरहेको थियो तर त्यसले मात्र नेपालको राजनीतिमा तरंग ल्याउँछ भन्ने मलाई लागेकै थिएन । मनमा गाँठो परिरहेकै थियो । म खुसी हुन सकिरहेको थिइनँ,’ दाहालले पार्टी नेताहरूलाई भने, ‘एक दिन एमाले नेता वामदेवसँग कुरा हुँदा तालमेल(सालमेल छाडौं पार्टी एकता गरौं भनेर हामीले भनेका हौं ।

एमालेबाट सुरु भएको यो पटक होइन, यो तथ्यमा स्पष्ट हुनुहोला, यो पटक पार्टी एकताको प्रस्ताव मैले एमालेसँग राखेको हुँ ।’एमालेसँग आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्नेसम्मको विकसित घटनाक्रम पार्टी नेतालाई सविस्तार सुनाउँदै दाहालले त्यसपछि विकसित घटनाक्रममा संस्थागत छलफल र बहस नगरी आकस्मिक र आश्चर्यजनक रूपमा नेतृत्वले यस्तो निर्णय लिनुपरेको सुनाएका थिए ।

उनले आफ्नो त्यस्तो प्रस्तावपछि वामदेव उत्साहित हुँदै एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव पुर्‍याएको र त्यही दिन दुई अध्यक्षबीच एक्ला(एक्लै छलफल भएर एकताको निष्र्कषमा पुगिएको बताए ।

‘कमरेड तालमेलभन्दा पार्टी एकतातिर लैजाऔं देशलाई । हामीले विगतमा गरेको प्रयास सफल हुन सकेन । फेरि एकपटक प्रयास गरौं । तपाइंहरूलाई हामी माओवादीप्रति र हामी माओवादीलाई तपार्इंहरूप्रति जसरी सोचिरहेका छौं, संघर्ष बहस गरिरहेका छौं, त्यो एकै ठाउँमा बसेर गरौं अनि तालमेल पनि फरक ढंगले जान्छ भनेर सिधै प्रस्ताव राखियो’, दाहालले ओलीसँगको एक्लै भएको भेटको प्रसंग स्मरण गर्दै भने, ‘त्यसपछि उहाँले प्रस्तावलाई सकारात्मक रूपमा लिनुभयो । अर्को दिन हामीले फेरि बहस गरेर सहमतिको मस्यौदा तयार पार्‍यौं ।’

दाहालले यसलाई माओवादीको एमालेकरण र एमालेको माओवादीकरणको रूपमा कसैले पनि लिन नहुने भन्दै देशको आवश्यकताका आधारमा यस्तो निर्णयमा दुवै पार्टी पुगेको बताए ।दाहालले वाम एकताको प्रस्तावलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । ‘हामीभित्र जे समस्या आइलागेको थियो । यो समस्याले हल पायो अब । बहसमा अब भट्टीभित्र छिरिने भइयो । हामी भट्टीभित्र खरानी भएर को(को सिद्धिने हो, कोको स्पात बनेर निस्कने हो रु हाम्रो टेस्ट हुनेवाला छ’, दाहालले भने ।
उनले अब पनि गुट र गिरोह बनाउने भन्दा पनि वैचारिक राजनीतिक बहसको भट्टीभित्र छिरेर आफ्नो श्रेष्ठता कायम गर्न नेताहरूलाई आग्रह गरे ।’स(सानो गिरोह बनाउने गुटको, आफ्ना व्यक्तिगत इच्छामा मात्रै रमाउने यहाँ अब ध्वस्त हुन्छन् । यहाँ चल्दैन त्यस्ता गुटहरू, त्यस्तो चलाखी अब चल्दैन,’ दाहालको भनाइ थियो, ‘अब ग्रेट डिबेटमा दुवै पार्टी र नेताहरू छिरेका छौं । विचारको बहसमा क्षमता प्रदर्शन गरेर मात्र जितिन्छ । आफ्नो श्रेष्ठता कायम गर्न सकिन्छ ।’

माओवादी आन्दोलनभित्र विचारको बहसका क्रममा सधैं ‘ग्रेट डिबेट’ भने पनि आफैंभित्र मात्र बहसमा सहभागी भएर नपुगेको दाहालको प्रस्टोक्ति थियो । ‘हामी सबैका ९एमाले र हाम्राबीच० बीचमा गे्रट डिबेट गर्छौं । हामी एमालेका साथीहरूलाई पनि यो गे्रट डिबेटमा गे्रट मानसिकतासाथ माथिबाटै आउन अपिल गर्छौं ।’तर, उनले अहिलेको बहसलाई अन्तिम निष्कर्षमा पुग्न नदिने षड्यन्त्र पनि हुन सक्नेतर्फ आशंका व्यक्त गरे ।

‘मलाई त्यतातिर जानै नदिने हो कि भन्ने डर छ । ग्रेट डिबेटमा छिर्नै नदिने, पार्टी एकता संयोजन समितिभन्दा अगाडि जानै नदिने, विभिन्न खालका कसरत हुन्छन्’, दाहालले भने, ‘यहाँ छिर्न मात्र पाइयो भने मैले त धेरै कुराको रूपान्तरण हुने देखेको छु ।’

एउटा बलियो आत्मविश्वासका साथ जोखिम उठाएको पनि दाहालले बताए । उनले आफ्ना पार्टी नेताहरूलाई पार्टीले गरेको पछिल्लो सहमतिलाई दृढतापूर्वक कार्यान्वयनमा लाग्न पनि निर्देशन दिए ।
‘पार्टी एकता कुनै जालझेल, षड्यन्त्रपूर्ण तरिकाबाट हुने कुरा होइन, यो सिधा(सिधा हुने कुरा हो । हिजो पनि पार्टी एकता र विभाजन त्यसैगरी भएका छन् । फेरि नयाँ एकता त्यसरी नै हुन्छन् ।
त्यसकारण एमालेलाई झुक्याउँछौं भनेर हामीले सोच्यौं भने त्यो हाम्रो दृष्टिकोणमा खोट हुन्छ’, दाहालले नेताहरूलाई आस्वस्त पार्दै थपे, ‘एमालेले माओवादीलाई सिध्याइदिन्छौं भनेर सोच्यो भने त्यो एमालेका नेताहरूमा खोट हुन्छ । त्यसकारण यो कसैले कसैलाई सिध्याउने भन्ने होइन । यो कसैले झुक्याउने र षड्यन्त्र गरेर सिध्याउने कुरा होइन ।’

उनले पार्टी नेताहरूलाई इमानदारीसाथ लाग्न आग्रह गर्दै भने, ‘पार्टी एकतामा हामी कुनै बेइमानी, छलकपट गर्दैनौं । हामी माओवादी त्यसो गर्न सक्दैनौं र जान्दैनाँै पनि । हाम्रा कुरा सिधा(सिधा हुन्छन् । हाम्राविरुद्ध षड्यन्त्र भयो भन्ने थाहा पायौं भनेदेखि त्यत्तिकै जान्छौं भन्ने सही होइन ।’
दाहालले दुई पार्टीको एकताको बहसले राजनीतिक कार्यदिशाको लाइन र लिडरसिपको विकास गर्दै समाजवादको दिशामा जाने आधार तयार पार्ने विश्वाससमेत व्यक्त गरे ।

तनाव र थ्रेटमा छु

वाम गठबन्धन निर्माणपछि आफू उत्तिकै तनाव र थ्रेटमा रहेको पनि दाहालले पार्टी नेतासमक्ष खुलाए । सहमति चुनौतीरहित नरहेको भन्दै दाहालले नेतृत्वको नताले आफूले थुप्रै तनाव र प्रेसर व्यहोरेको दाहालको भनाइ थियो ।’नेतृत्व हुनुको नाताले धेरै खालको प्रेसर, तनावमा म पक्कै पनि छु । परेँ, परिराखेको पनि छु । अहिले जुन पहलकदमी लिइएको छ, त्यसको ऐतिहासिक महत्व छ भन्नेमा मेरो विश्वास छ । यसले देशलाई, कम्युनिस्ट आन्दोलनलाई राम्रो गर्छ, माओवादीलाई र तपाईं हामी सबैलाई माथि उठाउँछ भन्नेमा मेरो विश्वास छ । तर, यो चुनौतीरहित छैन’, दाहालले अगाडि थपे, ‘म शब्दहरू तपाईंहरूका अगाडि भन्न चाहन्नँ । मलाई यो बीचमा कस्ता-कस्ता थ्रेट आए भन्ने विषयमा।’

उनले पोलिटब्युरो तहका नेताहरूलाई आफूलाई कसले थ्रेट दिएको भन्ने नबताए पनि १६ असोजको सचिवालय बैठकमा भने भारतीय पक्षबाट आफूलाई थ्रेट बढेको खुलाएका थिए ।

दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले(माओवादी निर्णयबाट उत्तेजित नहुन सुझाएको पनि नेताहरूलाई जानकारी गराएका थिए ।
‘मैले कांग्रेससँग वार्ता संवाद राखिरहेको छु । धेरै उत्तेजित हुनुहुँदैन भनिरहेको छु । त्यो पनि इमानदारीसाथ नै भनेको छु । शेरबहादुरजीलाई सरकार ढाल्नेतिर हामी लाग्दैनौं भनिरहेको छु’ दाहालले भने ।

उनले माओवादीले चुनावसम्म सरकार नछाड्ने तर कांग्रेसले चाल्ने स्टेपबाट थप रणनीति बनाउने पनि बताए । शुक्रबार मात्रै प्रधानमन्त्रीसँग भेट गरेका दाहालले यो विषयमा प्रधानमन्त्रीसँग खुलेरै कुरा गरेको पार्टी बैठकमा सुनाएका थिए । निर्वाचनसम्म कांग्रेससँगै रहने सहमतिका आधारमा आफूहरूले निर्वाचनसम्म सरकार नछाड्ने दाहालको भनाइ थियो ।

‘प्रधानमन्त्रीलाई भेटेर मैले भनेको छु, तपाईंहरूलाई साँच्चै माओवादीले सरकार छाडिदेओस् भन्ने लागेको छ भने हामी सरकार छाड्न सक्छौं, माओवादीलाई सरकारमा बसिरहन मन छैन । रहरले हामी सरकारमा बसेका छैनौं’, देउवासँगको कुराकानीको प्रसंग सुनाउँदै दाहालले भने ।

‘तपार्इंहरूले नैतिकताका आधारमा छाड्ने कुरा गर्नुभयो, हामी नैतिकताका आधारमा सरकारमा बसिरहेका छौं । किनभने निर्वाचनसम्म कांग्रेसको नेतृत्वमा सरकार बनाउने भनेपछि सरकार हामी नैतिकताका आधारमा छाड्दैनौं । संस्थागत रूपमा माओवादीले छाडे सजिलो हुन्छ भन्ने लागेको हो भनेर सोधेको छु मैले तर उहाँहरूले त्यस्तो होइन भन्नुभएको छ । हेरांै उहाँहरू आजभोलिसम्म के निर्णयमा पुग्नुहुन्छ रु ‘

दाहालले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने भन्दै त्यसो हुन नसके दुर्घटना हुने औंल्याए । आफूहरू परिस्थितिलाई सहज बनाउनेतिर रहेको बताउँदै दाहालले एमाले(माओवादी सहकार्यलाई सहज रूपमा बुझिदिन कांग्रेसलाई पनि आग्रह गरे ।

‘सरकार आफैं अत्तालिएर संविधान, ऐन कानुनविपरीत कुनै कदम चाल्यो भने परिणाम त्यस्तो कदम चाल्नेले नै भोग्नुपर्ने हुन्छ । हामी परिस्थिति बिगार्न चाहँदैनौं’, दाहालले थपे, ‘अहिले पार्टी मर्जर भइसकेको स्थिति पनि होइन, तालमेल अगाडि बढेको छ । एउटाको अस्तित्व समाप्त भयो र अर्को आयो भन्ने होइन । कांग्रेसले यसलाई यसरी नै बुझ्नुपर्छ ।’ माओवादीको पार्टी पोलिटब्युरो सदस्य बैठकले पार्टी नेतृत्वले एमालेसँगको चुनावी तालमेल र एकता गर्ने सहमतिलाई स्वागत गर्दै अनुमोदनसमेत गरेको छ । अन्नपूर्ण पोष्टबाट