कास्की, २२ असोज । स्थानीय तहको निर्वाचन लगत्तै भएको राजनीतिक ध्रुवीकरणकाबीच मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय सम्मेलनमा जुटेको छ ।
पोखरामा पहिलो पटक हुन लागेको सम्मेलनमा बैद्य माओवादीले ठूला राजनीतिक दलहरुलाई सम्मेलनमा आमन्त्रित गर्नुत परै छ उनीहरुलाई उद्घाटन कार्यक्रममा समेत निषेध गरेको छ । तर आफूबाट छुटिएर गएको विप्लव माओवादीलाई भने आमन्त्रण गरेको पार्टीका प्रवक्ता हरिभक्त कडेलले बताए ।
सम्मेलनको उद्ुघाटनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेपाल मजदुर किसान पार्टी, मोहन विक्रम नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपालाई आमन्त्रण गरिएको बताइएको छ ।
पोखराको बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा हुने राष्टिय सम्मेलनले नयाँ रणनीति तय गर्ने छ । राष्ट्रिय सम्मेलनमा देशभरीबाट ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता कण्डेलले बताए ।
