इन्द्रेणी संवाददाता
काठमाण्डौ, ३२ जेठ
आज विश्व रक्तदाता दिवस, दाङ लगाएत देशैभर बिभिन्न कार्यक्रम गरि मनाईंएको छ । हरेक रक्तदाता नायक हो भन्ने नाराका साथ यसवर्ष विश्वभर आज विश्व रक्तदाता मनाईंएको हो । दिवसका अवसरमा आज दाङको घोराहीमा दुर्लभ रक्त समुह दाङले ¥याली र सम्मान कार्यक्रम गरी रक्तदाता दिवस मनाएको छ ।
तपाँइको रगतले मेरो जीवन वाँच्यो, रक्तदान गरौं, जीवन वाचौं भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले रक्तदाताको संख््या वढाउन आवश्यह रहेकोमा जोड दिएृका छन ।
दुर्लभ रक्त समुह दाङका अध्यक्ष थम्मन चौधरीको अध्यक्षता तथा राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोशाइटी दाङ जिल उपसभापति भरतमणी ढकालको विशिष्ट अाितथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागीहरुले घोराही स्थित व्लड वैंकलाइ रगत उपलव्ध गराएर सहयोग गर्ने र विभिन्न संघसंस्थासंग सहकार्य गरी जिल्लामा रगतको अभाव हुन नदिने वताएका छन । सचेतना ¥यालीले घोराही वजार परिक्रमा गरी नेपाल पत्रकार महासंधको हलमा पुगी कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा रक्तदान गरेर सहयोग पु¥याउने विभिन्न संघसंस्था, व्यक्तिहरुलाइ कदरपत्र सहित सम्मान समेत गरिएको छ ।
विश्वभरका रक्तदाताको सम्मान गर्ने उद्धेश्यले रगतको ए बी र ओ समूह पत्ता लगाउने चिकित्सक काल्र्स ल्याण्डस टिनरको जन्मदिन पारेर हरेक वर्ष जुन १४ का दिन यो दिवस मनाउने गरिन्छ । बिरामीको ज्यान बचाउन मद्दत गर्ने स्वयंसेवी रक्तदातालाई धन्यवाद दिन र सम्मान गर्न सन् २००४ देखि विश्व स्वास्थ्य संगठनको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा समाजसेवी दयाविरसिंह कंशाकारले पहिलो पटक रक्तदान गरेर रक्तदाता अभियान थाले यता हालसम्म पौने २ लाख मानिसले रक्तदान गरिसकेको तथ्यांक छ । स्वस्थ पुरुषले तीन महिनाको फरकमा वर्षको ४ पटक र स्वस्थ महिलाले ४ महिनाको फरकमा बर्षको तीन पटक रक्तदान गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।।
