जेठ ३२ –
विश्व भ्रमणमा मानिस हिँडेका कुरा कुनै नौलो होइन । तर एउटा कुखुरा पनि विश्व भ्रमणमा निस्केको छ । विश्व भ्रमणमा रहेको पोथी कुखुरा मोनिकाले बेला बेलामा अण्डा पार्ने गरेको छ ।फ्रान्सका सञ्चारमाध्यमका अनुसार एक यात्रीले आफ्नो साथमा कुखुरालाई विश्व भ्रमणमा लिएर हिँडेका छन् ।
ती व्यक्तिसँगै मोनिका दुई वर्षदेखि समुद्री मार्ग हुँदै विश्व भ्रमणमा छन् ।
उनीहरु सन् २०१४ को मे महिनादेखि विश्व भ्रमणमा छन् । गुइरेक नाम गरेका यात्रीले अफ्रिकाको पश्चिमी तट नजिकैको स्पेनमा पर्ने क्यानेरी द्विपबाट विश्व भ्रमणको यात्रा सुरु गरेका हुन् ।
कुखुराको पोथी मोनिकासँग विश्व भ्रमणमा निस्केका गुइरेकले भनेका छन् ‘मेरो भेट उसँग हुँदा उ चार या पाँच महिनाको थिइ होली । उ क्यानेरी द्विप भन्दा बाहिर कहिल्यै गएकी थिइन ।
म स्पेनिस बोल सक्दिन भने उ फ्रेन्च बोल्न जान्दिन । तर पनि हामी सँगै छौँ ।’ खासमा गुइरेकले आफ्नो साथमा कुखुरालाई लैजाने कुरा सोचेकै थिएनन् । उनले आफ्नो साथमा अरु कुनै घरपालुवा जनावर लैजाने सोचेका थिए ।
उनले भनेका छन् ‘मैले मेरो साथमा बिरालो लैजान खोजेको थिए, तर उसको हेरचाह धेरै गर्नु पथ्र्यो । कुखुरा अर्को विकल्प भयो ।
कुखुराको रेखदेखमा धेरै जुट्नु पर्दैन र समुन्द्रको बिचमा पनि अण्डा खान पाइन्छ ।’
‘मानिसले मलाई कुखुरासँगको दोस्ती धेरै लामो समयसँग नटिक्ने बताएका थिए । उनीहरुले कुखुरा टाउको दुखाईको विषय बन्ने र उसले अण्डा पनि नदिने बताएका थिए ।
तर उनीहरुले भनेको जस्ता समस्या अहिले सम्म परेको छैन । भ्रमणका क्रममा कुखुराले वातावरण अनुसार आफुलाई ढाल्दै आएको छ’ गुइरेकले भने ।
विश्व भ्रमणमा रहेका यी जोडी अब आर्क्टिकबाट अलास्का जाने तयारीमा छन् । गुइरेकले थप यात्राबारे मोनिकासँग केही सल्लाह नभएको र अब सल्लाह गर्ने बताएका छन् । उनीहरुको जोडी सामाजिक सञ्जालमा अहिले चर्चाको विषय बनेको छ ।
– स्रोत – बिबिसी
