इन्द्रेणी संवाददाता
दाङ, ३२ जेठ
थारु समुदायमा रहेको परम्परागत हस्तकलाको सिपलाई संरक्षण गर्दै आधुनीकरण गर्न थालीएको छ । थारु समुदायका महिलाहरुले पुर्खा देखी वुन्दै आएको ढकिया पछिल्लो समयमा लोप हुन थालेपछी थारु यूवतीहरु यसको संरक्षण र ब्यावसायीकरणमा लाग्न थालेका हुन् ।
लमही नगरपालीका वडा नं. ८ चैलाही निवासी सरश्वती चौधरीले ढकीया वुन्न थाल्नु भएको छ । चौधरीले ब्यावसायीक रुपमा ढकीया वुन्न थाल्नुभएको हो ।
थारु समुदायको परम्परागत हस्तकलाको सिपलाई आधुनीकरण गरेर वनाईएका ढकीया, फुलदानी, ज्वलरवक्स, टोपी, फलफूल ट्रे लगाएतका सामाग्री देउखुरीका थारु महीलाहरुले वनाएका छन् ।
थारु समुदायका किशोरीहरुको आकर्षण थारु हस्तकलालाई आधुनीकरण गर्ने तर्फ वढेको छ । सारदा चौधरीले आफ्नो समुदायमा वनाएको देखेपनि ढकिया वुन्ने काममा कहील्यै हात हाल्नु भएको थिएन । तर, अव आफ्नो समुदायको पहीचान र आय आर्जनकालागी पनि ढकिया वुन्न थालेको उहाले बताउनुभयो ।
नेपाल आदीवासी जनजाती महासंघ लमही नगर समन्वय परिषदले थारु समुदायका किशोरी तथा महिलाहरुलाई लक्षित गरेर ढकिया वुनाई तालीम दिएपछी यस तर्फ थारु समुदायका किशोरीहरुको आकर्षण वढेको समन्वय परिषदका अध्यक्ष छविलाल कोपीलाले बताउनुभयो ।।