महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ । झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले छुट दिने घोषणा सहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो ।

brest-enlargement

ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको सवज्ञापन कम्पनीले सार्वजनिक गरेको छ । विज्ञापनमा ‘सम्पूर्ण सहरले स्तन खोजिरहेको’ नारा लेखिएको छ ।

रेस्टुरेन्टले दिने छुट महिलाको कप साइजमा निर्भर हुने र सबैभन्दा ठूलो स्तन हुने युवतीले भारी छुट पाउने विज्ञापनमा उल्लेख गरिएको छ । विज्ञापनको पोस्टरमा अश्लील विज्ञापन चित्रण गरिएको तथा महिलाप्रति विभेद गरिएको स्थानीय बताउँछन् । अगस्टको पहिलो साता उक्त विज्ञापन सार्वजनिक गरिएको थियो । तर चौतर्फी विरोधपछि अहिले हटाइएको छ । रातोपाटीमा खबर छ